logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • सर्भरमा समस्या हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित

    सर्भरमा समस्या हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित

    1.9K
    SHARES
    सर्भरमा समस्या हुँदा देशभरका यातायात कार्यालयको काम प्रभावित

    काठमाण्डौ । यातायात व्यवस्था विभागको इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेहिकल रजिस्ट्रेसन सिस्टम (ईडीएलभीआरएस)को सर्भरमा समस्या देखिएको छ । सर्भरमा समस्या देखिएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका देशभरिका यातायात कार्यालयहरू प्रभावित हुन पुगेका छन् ।



    सरकारी डेटा तथा अनलाइन गतिविधिको सञ्चालन तथा नियन्त्रण केन्द्रीय विभाग सिंहदरबारको सर्भरमा समस्या आएपछि सबै यातायात कार्यालयहरूको अनलाइन सिस्टम समस्या परेको हो ।

    अन्य मन्त्रालय तथा विभागहरूमा जस्तै इन्टरनेटको समस्याका कारण यातायात कार्यालयहरूमा समेत प्रभावित हुन पुगेको यातायात व्यवस्था विभागले जनाएको छ । यो समस्याका कारण विशेषगरी बायोमेट्रिक लिने, भुक्तानी गरी रसिद लिने, सवारी जाँचपास, दर्ता तथा नवीकरणका सेवाग्राहीहरु मर्कामा परेका छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ८ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट