logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले सेयर जारी गर्ने

    कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले सेयर जारी गर्ने

    1.1K
    SHARES
    कान्तिपुर फर्मास्यूटिकल्स ल्याबले सेयर जारी गर्ने

    काठमाण्डौ । कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणमा साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । शेयर निष्काशनको प्रक्रिया अघि बढाउनका लागि विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको छ ।



    कम्पनीको कर्पोरेट कार्यालय ललितपुरको बालकुमारीमा आयोजित एक कार्यक्रमका बिच कान्तिपुर फर्मास्यूटिकल्स ल्याबको तर्फबाट संचालक नवराज पौड्याल र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले जारी पूँजीको १४.८६ प्रतिशत अर्थात ११,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, १७ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट