logo

२०८३ असार १४, आइतबार

logo
  • २०८३ असार १४, आइतबार
  • टाटाका एस ईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडी इटहरीमा, के छन् अफर?

    टाटाका एस ईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडी इटहरीमा, के छन् अफर?

    3K
    SHARES
    टाटाका एस ईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडी इटहरीमा, के छन् अफर?

    काठमाण्डौ । नेपालको लागि टाटा मोटर्सको एक मात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस ईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ। दशैं–तिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहकहरुको खुसियालीको सारथिकै रुपमा नयाँ मोडेल ल्याइएको कम्पनीले जनाएको छ ।



    टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक–फरक रहेको छ। ग्राहकहरुले एस ईभी फ्ल्याटबेड २१ लाख ९९ हजार नेपाली रुपैयाँ पाउन सक्नेछन् भने टाटाकै सीएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजारमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले जनाएको छ।

    कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ्ग गर्ने ग्राहकलाई यस योजना अन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा ५० हजारसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ।

    यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क विमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ्ग, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैँले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा/सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ६ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट