logo

२०८१ माघ १२ शनिबार

logo
  • शनिबार, १२ माघ २०८१
  • स्थायी कमिटीले निकास दिन्छ,पार्टी फुट्दैन : बादल

    स्थायी कमिटीले निकास दिन्छ,पार्टी फुट्दैन : बादल

    • GP Paudel
    • सोमबार, २९ मंसिर २०७७
    1.5K
    SHARES
    स्थायी कमिटीले निकास दिन्छ,पार्टी फुट्दैन : बादल

    चितवन-गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरेका छन ।

    चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताएका छन । जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने उनको विश्वास थियो ।

    राजावादीहरुको आन्दोलनबारे सोधिएको प्रश्नमा उनले यो उनीहरुको मृगतृष्णा मात्रै भएको बताएका छन ।

    ‘सरकार विरोधी पनि अहिले सलबलाइरहेका छन्, सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्थापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन’ गृहमन्त्री थापाले भने ‘नेपाली जनताले उनीहरुको सपनालाई कदापी पूरा हुन दिँदैन ।’


    GP Paudel
  • सोमबार, २९ मंसिर २०७७
  • सम्बन्धित समाचार
    ताजा अपडेट