logo

२०८२ जेष्ठ १० शुक्रबार

logo
  • शुक्रबार, १० जेष्ठ २०८२
  • क्रिसमसमा गल्तीले ‘सान्टा’ बन्यो यो बैंक, ग्राहकलाई बाँड्यो रु. २०.८८ अर्ब !

    क्रिसमसमा गल्तीले ‘सान्टा’ बन्यो यो बैंक, ग्राहकलाई बाँड्यो रु. २०.८८ अर्ब !

    5.7K
    SHARES
    क्रिसमसमा गल्तीले ‘सान्टा’ बन्यो यो बैंक, ग्राहकलाई बाँड्यो रु. २०.८८ अर्ब !

    काठमाण्डौ । बेलायतमा यसपालिकाको क्रिसमसका अवसरमा एउटा बैंक हजारौँ ग्राहकका लागि ‘सान्टा’ बनेर आएको छ।



    बेलायतको सेन्टेन्डर बैंकले गल्तीले गत २५ डिसेम्बरमा हजारौँ ग्राहकको खातामा १३ करोड पाउन्ड (करिब २० अर्ब ८८ करोड रुपैयाँ) जम्मा गरिदिएको हो। यही खातावाहक कतिपय ग्राहकले क्रिसमसमा बैंकबाट बोनसस्वरुप रकम प्राप्त भएको भन्दै खर्च पनि गरिदिएका छन्।

    अहिले बैंकका कर्मचारीलाई उक्त रकम फिर्ता गर्न निकै सकस भएको छ। किनकि अधिकांश रकम ग्राहकको अन्य बैंकमात्र रहेका खातामा पैसा पठाइएको छ।

    क्रिसमसमा २ हजार बिजनेस अकाउन्टमा गल्तीले दुईपटक भुक्तानी गरिदिएको थियो। पहिलोपटक त पैसा बिजनेस अकाउन्टबाट काटिएको थियो तर दोस्रोपटक सेन्टेन्डर बैंकको फन्डबाट भुक्तानी गरिदिएको थियो। यो पैसा क्रिसमसको दिन बिहानसत्रमा भुक्तानी गरिदिएको थियो। जसका कारण ग्राहकलाई लाग्यो कि बैंकबाट उनीहरुलाई क्रिसमस बोनस प्राप्त भयो।

    बैंकले एक वक्तव्य जारी गर्दै प्राविधिक समस्याका कारण यस्तो हुन गएको जनाएको छ। यसबाट आफ्ना ग्राहकलाई कुनै नोक्सानी नभएको बैंकको दाबी छ। गल्तीले भुक्तान गरिएको रकम फिर्ता ल्याउन आउने दिनमा देशभरका अन्य बैंकहरुका साथ कुरा गर्ने पनि बैंकले जनाएको छ।

    बैंकले यस विषयमा हाल बारक्लेज, एचएसबीसी, नाटवेस्ट, को–ओपरेटिभ बैंक र भर्जिन मनीजस्ता बैंकसँग छलफल सुरु गरिसकेको छ। तर यदि ग्राहकले उक्त रकम खर्च गरिसकेका छन् भने त्यसलाई कसरी फिर्ता भन्ने विषयमा अहिलेसम्म यकिन भइसकेको छैन।

    बेलायतका कानुनमा बैंक ग्राहकको खातामा गल्तीले आएको पैसा बैंकले फिर्ता लिन सक्छ। यदि ग्राहकले पैसा फिर्ता नगरे त्यस्ता ग्राहकलाई १० वर्षसम्म कैद सजाय हुन सक्छ।

    यो बैंकको करिब १.४० करोड ग्राहक छन् भने ६१६ शाखा छन्। – एजेन्सी


    अर्थ चाैतारी
  • शुक्रबार, १६ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved