काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक व्यापार घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन आयातमा नयाँ व्यवस्था कायम गरेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आयात घटाउन ‘एकीकृत निर्देशन, २०७६’ संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।
अब भारू तीन करोडभन्दा माथिको सामान आयात गर्दा अनिवार्य प्रतितपत्र ९एलसी० खोल्नुपर्ने छ । यसअघि, ५ करोड रूपैयाँभन्दा बढीको सामान आयात गर्दा मात्रै एलसी खोल्नुपर्ने व्यवस्था थियो । राष्ट्र बैंकले सीमा घटाउँदै आयातमा थप कडाई गरेको हो ।
नेपालको आयात अनियन्त्रित रूपले बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न राष्ट्र बैंक लागि परेको छ । यसअघि, १८ वटा एचएस कोड अन्र्तगत आयात वस्तुहरूको आयात गर्न एलसी खोल्दा बैंकमा ५० प्रतिशत पैसा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
© 2024: Arthachautari मा सुरक्षित । हाम्रो टिम | सम्पर्क | हाम्रो बारेमा
Developed by: Corporate Times