logo

२०८१ चैत्र ९ आइतबार

logo
  • आइतबार, ९ चैत्र २०८१
  • मलेखुमा सानिमा बैंकको शाखा स्थापना

    मलेखुमा सानिमा बैंकको शाखा स्थापना

    2.6K
    SHARES
    मलेखुमा सानिमा बैंकको शाखा स्थापना

    काठमाडौं । सानिमा बैंक लिमिटेडले धादिङ मलेखुमा शाखा स्थापन गरी बैंकिङ सेवा प्रवाह थालेको छ । बैंक सञ्चालक बलराम पराजुली एवम् ब्राण्ड प्रवद्र्धकद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले संयुक्त रूपमा शाखा उद्घाटन गरेका हुन् ।

    मह जोडीले मलेखुमा शाखा स्थापना गरेकोमा बधाई दिँदै सबल तथा विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलता हासिल गर्न शुभकामना दिए । बैंक संचालक बलराम पराजुलीले ग्राहक तथा सरोकारवालाहरूप्रति निरन्तर सहयोग तथा संरक्षण निम्ति कृतज्ञता जनाए । सानिमा बैंकले हालसम्म देशभर ११९ शाखा कार्यालय र ९७ वटा एटीएममार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved