logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

    प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

    • artha chautari
    • शुक्रबार, २३ पुष २०७८
    8.4K
    SHARES
    प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

    दाङ । दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गौला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।

    सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा. खनालले बताए । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ । करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा. खनालले बताए । अस्पतालमा दैनिक बिहान ८ देखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

    अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर, पारालाइसिस, जोर्नी दुखेका बिरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । बिरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनका लागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याइने उनले बताए । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासोसमेत बढेको छ ।


    artha chautari
  • शुक्रबार, २३ पुष २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट