logo

२०८३ जेष्ठ २२, शुक्रबार

logo
  • २०८३ जेष्ठ २२, शुक्रबार
  • शिक्षक सेवा आयोगको विज्ञापनमा २ लाखभन्दा बढीको आवेदन

    शिक्षक सेवा आयोगको विज्ञापनमा २ लाखभन्दा बढीको आवेदन

    15K
    SHARES
    शिक्षक सेवा आयोगको विज्ञापनमा २ लाखभन्दा बढीको आवेदन

    काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा स्थायी शिक्षक पदमा दुई लाखभन्दा बढीको आवेदन परेको छ। आइतबारसम्म दुई लाख १८ हजार ३८३ जनाले आवेदन भरेको आयोगले जनाएको छ।



    माध्यमिक तहका लागि आवेदन फाराम भर्ने म्याद शनिबार सकिएको छ। सो तहका ३६ हजार ५८२ जनाले आवेदन फाराम भरेका छन्। यस पटकबाट अनलाइन माध्यमबाट आवेदन फाराम भर्न पाउने व्यवस्था छ। यसअघि लिइएको माध्यमिक तहको परीक्षामा ६० हजारले आवेदन फाराम भरेका थिए।

    आयोगका अनुसार आइतबारसम्म प्राथमिक तहमा ९५ हजार ८६ र निम्न माध्यमिक तहमा ८६ हजार ७१५ जनाले आवेदन फाराम भरिसकेका छन्। निम्न माध्यमिकको माघ १५ र प्राथमिक तहको माघ २० गतेसम्म आवेदन फाराम बुझाउने अवधि छ। आवेदन फाराम भर्ने उम्मेदवारको संख्या तुलनात्मक रूपमा कम भएको आयोगका सूचना अधिकारी सुदर्शन मरहट्ठाले बताए।

    आयोगले माध्यमिक तहका उम्मेदवारबाट तीन करोड ६५ लाख ८२ हजार रुपैयाँ, निम्न माध्यमिक तहका उम्मेदवारबाट छ करोड सात लाख पाँच सय रुपैयाँ र प्राथमिक तहका उम्मेदवारबाट छ करोड ७५ लाख ४३ हजार पाँच सय रुपैयाँ गरी १४ करोड ४८ लाख २६ हजार रुपैयाँ राजस्व उठाइसकेको छ।


    अर्थ चाैतारी
  • मंगलबार, ११ माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट