images

यातायात कार्यालयकाे सेवा अवधि दैनिक ४ घण्टा मात्रै

  • January 25, 2022

काठमाडौं । बागमति सरकारको भौतिक पूर्वाधार मन्त्रालय मातहतका काठमाडौंमा रहेका यातायात कार्यालयहरुको काम गर्न समय दैनिक ४ घण्टा मात्रै रहेको छ ।

काठमाडौंमा सधैभरी व्यस्त रहेने अधिकांश यातायात कार्यालयहरु दैनिक रुपमा ४ घण्टा मात्रै कार्यालयको सेवा प्रदान गर्दै आएका छन् । काठमाडौंमा रहेको यातायात कार्यालय ठूलो भ¥याँङ, यातायात कार्यालय चावहिल र यातायात कार्यलय जागिति भक्तपुरमा दिउँसो दुई बजेपछि कार्यालय प्रवेशको मुल गेटमा नै भोटे ताल्चा लाग्ने गरेको छ । यसरी कार्यालय बन्द गरीदा राज्यलाई लाखौंको आर्थिक क्षेति त भएको छ नै सेवा लिने सेवा ग्राहिको चाप बढ्ने गरेको छ ।

images

मंगलबार हामी सेवा ग्राहि बनेर सवारी चालक अनुमित पत्र लिनका लागि यातायात कार्यालय चावहिलमा १ः३०मा पुग्दा कार्यालय पूर्व रुपमा बन्द थियो । कार्यालयको गेट छेउमा रहेको एक पसलमा बसेका आफुलाई कार्यालय सहयोगि बताउने एक जना व्यक्तिका अनुसार कार्यालयको समय नै विहान १० बजे देखि दिउँसो २ बजे सम्म रहेको र आज (मंगलबार) यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएका कारण कार्यालय बन्द रहेको बताए । उनले हामीलाई भोलि १० देखि २ बजेभित्र आउन अनुरोध गर्दै गेटमा बाहिरिन लागेका एक कर्मचारीलाई गेट खोलिदिए तर हामीलाई भित्र जान दिएनन् ।

त्यस पछि हामी ठूलो भ¥याँङ पुग्दा करिब सवा दुई बजेको थियो । त्यहाँ पनि कुनै फरक अवस्था थिएन । कार्यालय खुलै भएपनि कोहि कर्मचारी नै थिएनन् । सेवा लिन लाम बसेका मानिसहरु पनि एक एक गर्दै फर्किदै थिए । यातायात कार्यालय परिसरमा भेटिएका एक जनाका अनुसार अधिकांश कर्मचारी नै कार्यालयबाट निस्कीसकेका रहेछन् । एक जना सेवा ग्राहिका अनुसार जागतिमा समेत सोहि समस्या भए पश्चात उनि चावहिल हुँदै यहाँ सम्म आएका रहेछन् । यसै विषयमा बुझ्न हामीले संघिय सरकारको यातायात व्यवस्था विभागमा बुझ्दा सबै कार्यालय सम्बन्धीत प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयल मातहत पर्ने र विभागको कुनै कुरा नचल्ने जानकारी आयो ।

त्यस पछि हामीले वागमति प्रदेशको भौकिक पूर्वाधार मन्त्रालयमा जानकारी लिदाँ । कोरोनाका कारण सेवा दिनमा केहि ढिलाई भए पनि कार्यालय बन्द गर्न नहुने भन्दै बन्द गरिएको विषयमा सम्बन्धीत कार्यालयमा जवाफ माग गरी मन्त्रालयका सुचना अधिकारी राजन पोखरेले जानकारी दिए । उनले भने, ‘कार्यालय समय नेपाल सरकारले तोके बम्मोजिम नै हो । कोरोना महामारीका कारण सेवा दिन केहि ढिलाई भएको होला तर कार्यालय समय नै परिर्वतनको विषयमा जानकारी छैन । आज नै सम्बन्धीत कार्यालयमा बुझेर जवाफ माग्छौं ।’