logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • सुनको मुल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

    सुनको मुल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

    9.3K
    SHARES
    सुनको मुल्य ५०० रुपैयाँले बढ्यो, चाँदीको स्थिर

    काठमाडौं । नेपाली बजारमा आज सुन ५०० रुपैयाँले महँगिएको छ। बुधबारको तुलनामा सुनको भाउ आज (बिहिबार) प्रतितोला ५०० रुपैयाँले बढेको हो। चाँदीको मूल्य भने स्थिर रहेको छ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ तोकेको छ। बुधबार छापावाल सुन ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजावी सुनको मूल्य ३० रुपैयाँले बढेको छ। बुधबार ७९ हजार ४५ रुपैयाँमा कारोबार भएको यस्तो सुनको मूल्य आज ७९ हजार ४७५ रुपैयाँ पुगेको हो।

    चाँदीको भाउ भने स्थिर रहँदै तोलामा एक हजार २५५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। विश्वमा सुन र कच्चा तेलको मूल्यमा हुने घटबढले स्थानीय बजारमा प्रभाव पार्ने गरेको छ।


    अर्थ चाैतारी
  • विहिबार, २० माघ २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट