logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बाढीले बन्द भएको सुपर माई क्यास्केड आयोजनाबाट पुनः बिजुली उत्पादन सुरु

    बाढीले बन्द भएको सुपर माई क्यास्केड आयोजनाबाट पुनः बिजुली उत्पादन सुरु

    507
    SHARES
    बाढीले बन्द भएको सुपर माई क्यास्केड आयोजनाबाट पुनः बिजुली उत्पादन सुरु

    काठमाण्डौ । ३.८ मेगावाट सुपर माई क्यास्केड जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको छ । बाढीले क्षतिग्रस्त भएको माई खोला हाइड्रोपावरद्वारा प्रवर्द्धित सुपर माई क्यास्केड जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको व्यवस्थापक शान्ता अधिकारीले जानकारी दिइन् ।



    उनका अनुसार वि.सं २०८२ असोज १८ गते आएको बाढीका कारण आयोजनामा व्यापक क्षति पुगेपछि उत्पादन पूर्ण रूपमा बन्द भएको थियो । बाढीले पावरहाउस र अन्य संरचनामा असर पुर्याउँदा आयोजनाले लामो समयसम्म उत्पादन गर्न सकेको थिएन ।

    क्षतिपछि पुनः निर्माण कार्य सम्पन्न गर्नुका साथै पावरहाउस तथा स्विचयार्डमा जडित विद्युतीय उपकरणहरूको परीक्षण र मर्मत कार्य पनि पूरा गरिएको अधिकारीले बताइन् । सबै प्राविधिक प्रक्रिया सम्पन्न भएपछि चैत ३० गतेदेखि आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट