logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • लुम्बिनीमा नबिल नि:शुल्क जलन शिविर: ८५ जनाको उपचार, १२ जना काठमाण्डौ रिफर

    लुम्बिनीमा नबिल नि:शुल्क जलन शिविर: ८५ जनाको उपचार, १२ जना काठमाण्डौ रिफर

    520
    SHARES
    लुम्बिनीमा नबिल नि:शुल्क जलन शिविर: ८५ जनाको उपचार, १२ जना काठमाण्डौ रिफर

    काठमाण्डौ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न ‘नबिल नि:शुल्क जलन उपचार शिविर’ बाट ८५ जनाले प्रत्यक्ष सेवा पाएका छन् । नबिल बैंक र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आयोजना तथा सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा वैशाख २५ देखि २८ गतेसम्म शिविर सञ्चालन गरिएको थियो ।



    शिविरमा उपचारका लागि आएकामध्ये २५ जनाको शल्यक्रिया गरिएको छ । जसमध्ये जटिल अवस्थाका १२ जना बिरामीलाई थप उपचारका लागि काठमाडौंको सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको बैंकले जनाएको छ । आफ्नै क्षेत्रमा जलन उपचार केन्द्र नहुँदा सास्ती खेपिरहेका बिरामीलाई लक्षित गरी यो शिविर सञ्चालन गरिएको हो ।

    नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दुर्गम क्षेत्रका जलन पीडितलाई राहत दिन शिविर आयोजना गरिएको बताए । “आर्थिक अभाव र पहुँचको कमीले उपचारको पर्खाइमा बसेका बिरामीलाई हामीले प्राथमिकता दिएका छौँ,” ज्ञवालीले भने, “चारवटा प्रदेशमा सञ्चालित यस्ता शिविरबाट हालसम्म करिब ५ सय जनाले नि:शुल्क सेवा लिइसकेका छन् ।”

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. सुरेश रसाइलीले प्रतिष्ठानमा जलनको विशिष्ट उपचार सेवा नभएको अवस्थामा यो शिविर निकै प्रभावकारी भएको उल्लेख गरे । उनले भने, “स्थानीयस्तरमै २५ वटा शल्यक्रिया हुनु ठुलो उपलब्धि हो । यसले विपन्न बिरामीलाई निकै राहत पुगेको छ ।”

    बैंकले यसअघि सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा पनि यस्तै शिविर सम्पन्न गरिसकेको छ । मधेशमा १५०, सुदूरपश्चिमको धनगढीमा ६५ र कर्णालीको सुर्खेतमा १९४ जनाले सेवा पाएका थिए । नेपालको अग्रणी वाणिज्य बैंक नबिलले सामाजिक उद्यमशीलता र दिगो विकासका लागि ‘नबिल एसएसई’ मार्फत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट