logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • टेलिकमको आम्दानी र नाफा दुवै बढ्यो, डाटा र भ्वाइसबाट हुने आयमा वृद्धि

    टेलिकमको आम्दानी र नाफा दुवै बढ्यो, डाटा र भ्वाइसबाट हुने आयमा वृद्धि

    234
    SHARES
    टेलिकमको आम्दानी र नाफा दुवै बढ्यो, डाटा र भ्वाइसबाट हुने आयमा वृद्धि

    काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा आफ्नो खुद मुनाफामा उल्लेखनीय सुधार गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्ममा ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद मुनाफा आर्जन भएको छ।



    यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशतले बढी हो। गत वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको सञ्चालन आयमा पनि वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमले २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ सञ्चालन आय गरेको छ। यो गत वर्षको तुलनामा ६१ करोड २० लाख रुपैयाँले बढी हो।

    कम्पनीको कुल आम्दानी भने २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि सुधार आएको छ। गत वर्ष ४२ रुपैयाँ ३० पैसा रहेको प्रतिशेयर आम्दानी ९.९ प्रतिशतले बढेर अहिले ४६ रुपैयाँ ४७ पैसा पुगेको छ। त्यस्तै, ब्याज, कर र ह्रासकट्टी अघिको मुनाफा १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ रहेको छ।

    वित्तीय विवरणअनुसार राजस्व र नाफामा परिवर्तन हुनुका केही मुख्य कारणहरू देखिएका छन्। बैंकहरूको ब्याजदर निरन्तर घट्दै जाँदा कम्पनीले प्राप्त गर्ने ब्याज आम्दानीमा २०.५७ प्रतिशत अर्थात् करिब ५७ करोड ६६ लाख रुपैयाँले कमी आएको छ।

    यद्यपि, सञ्चालन आयतर्फ जीसएम सेवाको राजस्वमा २.७६ प्रतिशतले वृद्धि भएपछि आम्दानी सन्तुलित भएको हो। जीएसएम सेवाबाट हुने आम्दानी ५७ करोड ७४ लाख रुपैयाँले बढेको छ। यसका साथै ह्रासकट्टी खर्चमा ८.४६ प्रतिशत अर्थात् ३८ करोड ६९ लाख रुपैयाँले गिरावट आउँदा खुद मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट