logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सुकुम्वासी हटाएको विरोधमा बिहीबार चक्काजामको घोषणा

    सुकुम्वासी हटाएको विरोधमा बिहीबार चक्काजामको घोषणा

    26
    SHARES
    सुकुम्वासी हटाएको विरोधमा बिहीबार चक्काजामको घोषणा

    काठमाण्डौ। सुकुम्बासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध अखिल नेपाल सुकुम्बासी संघ आन्दोलनमा उत्रिएको छ।



    बुधवार संघले काठमाण्डौमा पत्रकार सम्मेलन गरी गुठी तथा बिर्तापीडित समुदायमाथि भइरहेको जबर्जस्ती उठीवास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको छ। संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्वासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाए।

    सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उनले यसको निन्दा गरे। सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गर्ने उनको भनाइ थियो।

    संघले दोस्रो चरणका आन्दोलनका कार्यक्रममा सार्वजनिक गरेको छ। यसअघि वैशाख ११ गते पहिलो चरणको आन्दोलनका कार्यक्रम जारी गरेको थियो।

    संघले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म चक्काजाम गर्ने भएको छ। यो अवधिमा सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि संघले आग्रह गरेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३० बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट