images

सुबिसुले ल्यायो ‘सुपर रफ्तार’ अफर

  • फाल्गुन ३ २०७८, मंगलवार
images

काठमाडौं । इन्टरनेट सेवा सुबिसु केबल नेटले सेवाग्राहीको निम्ति ‘सुपर रफ्तार’ अफर ल्याएको छ । यस अफर अन्तर्गत सेवाग्राहीले ६५० एमबीपिएसको उच्च गतिको इन्टरनेटको लाभ उठाउन सक्ने भएका छन् ।

इन्टरनेटको बढ्दो माग र उच्चस्तरीय सेवालाई पुर्णरुप दिन कम्पनीले यो अफर ल्याएको जनाएको छ । ६५० एमबीपिएसको इन्टरनेटको साथमा ४ वटा क्लीयर टिभी सब्सकृप्सनको वार्षिक सेवा मात्र रु १ हजार ७७० प्रति महिनामा प्राप्त हुन्छ, तर सर्त तथा नियमहरु लागु हुने कम्पनीले जनाएको छ ।

images

सुबिसुले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम।पि।एल।एस भि।पि।एन।एस, व्यानएथर्नेट, होलसेल आइ।पि ट्रान्जिट, एम।भि।पि, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

images