logo

२०८१ मंसिर २५ मंगलबार

logo
  • मंगलबार, २५ मंसिर २०८१
  • एनएमबिका ग्राहकलाई ‘हाम्रो अस्पताल’ मा सहुलियत

    एनएमबिका ग्राहकलाई ‘हाम्रो अस्पताल’ मा सहुलियत

    • artha chautari
    • आइतबार, ८ फाल्गुन २०७८
    2.6K
    SHARES
    एनएमबिका ग्राहकलाई ‘हाम्रो अस्पताल’ मा सहुलियत

    काठमाडौं । एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्धेश्यले द्विपक्षीय समझदारी गरिएको हो । उक्त सम्झौता अनुसार अस्पतालबाट उपलब्ध गराइने चिकित्सकीय सेवाहरुमा छुट तथा सहुलियत दिने जानकारी गराइएको छ ।

    सम्झौता पत्रमा बैंकका तर्फबाट प्रदेश १ का प्रमुख उत्सव घिमिरे र अस्पतालका तर्फबाट निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरेका हुन् । उक्त अस्पतालले बैंकका एटिएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीलाई भर्ना, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा छुट उपलब्ध गराउने भएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु, ९ एक्सटेन्सन काउण्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।


    artha chautari
  • आइतबार, ८ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट