logo

२०८१ चैत्र १० सोमबार

logo
  • सोमबार, १० चैत्र २०८१
  • नेप्से १५.५० अंकले घट्यो, ३ अर्ब १३ करोडकाे काराेबार

    नेप्से १५.५० अंकले घट्यो, ३ अर्ब १३ करोडकाे काराेबार

    7K
    SHARES
    नेप्से १५.५० अंकले घट्यो, ३ अर्ब १३ करोडकाे काराेबार

    काठमाडौं । सेयर बजार बुधबार दोहोरो अंकले ओरालो लागेको छ। आज बजारमा १५.५० अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २७२०.४३ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.२२ अंकले घटेर ५१७.९३ को विन्दुमा ओर्लेको छ।

    कारोबार रकम सवा ३ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। आज नेप्से उपसमूहमा १३ वटामध्ये २ वटामा हरियाली छाएको छ भने ११ वटा रातो पोतिएको छ। जलविद्युत समूह १.०७ प्रतिशतले उकालो लागेको यो दिन म्युचुअल फन्ड समूहमा ०.८४ प्रतिशतको बढोत्तरी भएको छ। यो दिन अन्य समूह सर्वाधिक २ प्रतिशतले ओरालो लागेको छ। उत्पादन तथा प्रशोधन समूह १.२२ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.५६ प्रतिशत, व्यापार समूहमा १.०८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.०१ प्रतिशत, विकास बैंक समूह ०.८७ प्रतिशत, वित्त समूहमा ०.५७ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.९ प्रतिशत, लघुवित्त समूहमा ०.५ प्रतिशत, जीवन बीमा समूहमा ०.५५ प्रतिशत र लगानी समूहमा ०.१६ प्रतिशतको गिरावट आएको छ।

    धेरै कारोबार गर्ने कम्पनीहरु
    आज नेप्सेमा सूचीकृतमध्ये २२८ कम्पनीका ६२ लाख ४७ हजार ७७४ कित्ता सेयर ३ अर्ब १३ करोड १२ लाख १० हजार २८२ रुपैयाँमा किनबेच भएका छन्।यो दिन नेपाल टेलिकमको सर्वाधिक १९ करोड ३७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। घलेम्दी हाइड्रोको १२ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको आज हिमालयन डिस्टिलरीको ९ करोड ५८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको ९ करोड ४९ लाख रुपैयाँ, अपी पावरको ९ करोड ८ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ८ करोड ८३ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको ८ करोड ३१ लाख रुपैयाँ, एचआईडीसीएलको ८ करोड ८ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको ८ करोड २ लाख रुपैयाँ र अरुण भ्याली हाइड्रोपावरको ७ करोड ४६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

    धेरै कमाउने र धेरै गुमाउने
    यो दिन २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। दिव्यश्वरी हाइड्रोपावर र युनाइटेड इदी मर्दीको सेयरमूल्यमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको हो। घलेम्दी हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज नेपाल फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका सेयरधनीहरुले धेरै गुमाए। यी दुवै कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।


    अर्थ चाैतारी
  • बुधबार, ११ फाल्गुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved