logo

२०८२ फागुन २२, शुक्रबार

logo
  • २०८२ फागुन २२, शुक्रबार
  • गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

    गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

    6.8K
    SHARES
    गरिमा विकास बैंकको लकर सुविधामा आर्कषक छुट

    काठमाडौं । गरिमा  विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवस २०२२ लाई थप विशेष बनाउन सम्पूर्ण नारीहरुलाई लक्षित गर्दै गरिमा नारी बचत खाता र मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण महिला ग्राहकहरुलाई लकर सुविधामा विशेष छुटको व्यवस्था गरेको छ।



    बैंकको लकर सुविधा अन्तर्गत लकर डिपोजिटमा २५ प्रतिशत र वार्षिक लकर शुल्कमा ५० प्रतिशत (पहिलो वर्षको लागि मात्र) छुटको व्यवस्था गरेको हो। बैंकका ग्राहकहरुले न्यूरोड शाखा (काठमाडौं), कुमारीपाटी शाखा (ललितपुर), सूर्यविनायक शाखा (भक्तपुर), सभागृह शाखा (कास्की), बगर शाखा (कास्की), नारायणगढ शाखा (चितवन), बुद्धचोक शाखा (चितवन) र धरान शाखा (धरान)मा उपलब्ध विभिन्न आकारका लकरमा उक्त छुट लिन सक्नेछन्।

    बैंकमा नयाँ वा पहिला नै नारी बचत खाता तथा मेरो सेयर बचत खाता खोल्ने सम्पूर्ण नारीहरूले उक्त छुट प्राप्त गर्नेछन्। हाल, गरिमा विकास बैंक लिमिटेडले ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर र ५१ एटीएमबाट सेवा दिँदै आएको छ।


    अर्थ चाैतारी
  • बुधबार, २५ फागुन २०७८
  • सम्बन्धित समाचार