logo

२०८३ बैशाख ३, विहिबार

logo
  • २०८३ बैशाख ३, विहिबार
  • महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको दरपिठलाई सर्वोच्चले गर्‍यो सदर

    महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको दरपिठलाई सर्वोच्चले गर्‍यो सदर

    13
    SHARES
    महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिटको दरपिठलाई सर्वोच्चले गर्‍यो सदर

    काठमाण्डाै । महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलको योग्यता माथि प्रश्न उठाउँदै दायर भएको रिटमा सर्वोच्चको प्रशासनिक आदेशबाट भएको दरपिठलाई सर्वोच्च अदालतले सदर गरेको छ ।



    सर्वोच्चका न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले बिहीबार रिट दर्ता अस्वीकार गर्ने गरी यसअघि रजिस्ट्रार भद्रकाली पोखरेलले गरेको दरपिठ आदेश सदर गर्ने निर्णय गरेको हो ।

    दरपिठ आदेश सदरपछि महान्यायाधिवक्ता कँडेललाई काम गर्न बाटो खुलेको छ । दरपिठ आदेशविरुद्ध अधिवक्ता माधव बस्नेतले गत चैत ३० गते भिन्नै निवेदन दिएका थिए । बस्नेतले दरपिठ आदेशलाई ‘बेरित’को दाबी गर्दै बदर गर्न माग गरेका थिए ।

    रजिस्ट्रार पोखरेलले जारी गरेको आदेशमा असाधारण अधिकार क्षेत्रअन्तर्गत दर्ताका लागि पेस हुन आएको निवेदन दर्ता गर्न नमिल्ने उल्लेख थियो । संविधानतः सर्वोच्च अदालतका न्यायाधीशसरह रहने महान्यायाधिवक्ता पदका लागि कम्तीमा १५ वर्ष निरन्तर वकालत गरेको हुनुपर्ने सर्त तोकिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट