logo

२०८२ चैत्र ३, मंगलबार

logo
  • २०८२ चैत्र ३, मंगलबार
  • एनआइसी एसिया क्यापिटलले ल्यायो ‘आइडिया टु आइपीओ’ सेवा

    एनआइसी एसिया क्यापिटलले ल्यायो ‘आइडिया टु आइपीओ’ सेवा

    8.9K
    SHARES
    एनआइसी एसिया क्यापिटलले ल्यायो ‘आइडिया टु आइपीओ’ सेवा

    काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेडले ‘आइडिया टु आइपीओ’ सेवा शुरू गरेको छ । कुनै कम्पनी वा संस्था स्थापना गरिसकेपछि खर्चका लागि पूँजी जुटाउने, बजारीकरण गर्ने, लगानीका लागि उपयुक्त समय छनोट गर्ने, ऋण सुविधा दिने, प्राविधिक तथा भौगोलिक क्षेत्रको अध्ययन लगायतका काममा सघाउने गरी सेवा दिन थालिएको क्यापिटलले जानकारी दिएको छ ।



    यो कर्पोरेट सल्लाह दिने सेवा भएको क्यापिटलले जनाएको छ । प्राथमिक सेयर (आइपीओ) मा कसरी र कुन समयमा लगानी गर्ने तथा लगानी पश्चात के गर्ने भन्ने विषयमा मार्गदर्शन दिनु यो सेवाको मुख्य उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेन्द्र रायमाझीले बताए ।

    लगानी विस्तार र मर्जर लगायतमा पनि सल्लाह लिन यो सेवाले सहयोग पुर्‍याउने क्यापिटलले दाबी गरेको छ ।


    अर्थ चाैतारी
  • शनिबार, २८ फागुन २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट