images

प्रेस चौतारी कर्णाली सचिव थापामाथि भौतिक आक्रमण, टाउँकोमा १२ वटा टाँका लगाइयो

  • March 19, 2022

सुर्खेत । प्रेस चौतारी कर्णाली प्रदेशका सचिव तथा नेपाल प्रेसका पत्रकार शेरबहादुर थापालाई भौतिक आक्रमण भएको छ । सुर्खेतको वीरेन्द्रनगर–३, बुलबुले पेट्रोल पम्प नजिक एक महिला पत्रकारले थापामाथि भौतिक आक्रमण गरेकी हुन् ।

आफ्नै काममा हिँडेका पत्रकार थापालाई शुक्रबार दिउँसो १ बजे सुर्खेतमा कार्यरत एक महिला पत्रकार सीता आचार्यले याेजना वद्द रुपमा भौतिक आक्रमण गरेकी हुन् । पत्रकार थापालाई भेट्नेबित्तिकै आचार्यले लगाएको चप्पलले हानेको एक प्रत्यक्षदर्शी बताए ।

images

पत्रकार थापासँगै मोटरसाइकमा सवार दिनेश ढकालले बुलबुले पेट्रोल पम्पनजिक मोटरसाइकल पार्किङ्ग गर्दै गर्दा थापामाथि आक्रमण भएको हो । आक्रमणबाट थापाको अनुहार तथा हातमा गम्भीर चोट लागेको छ भने टाउँकोमा १२ वटा टाँका लगाइएको छ ।

योजनाबद्ध आक्रमण
यता पत्रकार थापाले योजनाबद्ध तरिकाले आफूलाई आक्रमण गरेको बताएका छन् । विवादको विषयमा
फोनबाट कुरा गरेर माफी माग्दा पनि भौतिक रूपमा आक्रणम गरिएको र टाउँको, मुख, हातमा चोट लागेको बताएका छन् । पत्रकार थापाले भने, ‘आचार्यले आफूमाथि कुटपिट गरिरहेको बेला आचार्य संगै आएका एक पुरुष चिन्तामणि कँडेलले भिडियो खिचिरहेका थिए, यो ममाथि षडयन्त्र गरिएकै हो ।’

पत्रकार महासंघका पदाधिकारीलाई घटना निराकणका लागि ज्ञापनपत्र पनि बुझाउने अनि ममाथि नियोजित ढंगले आक्रमण गर्ने कार्य निन्दनीय भएको थापाको भनाइ छ । थापाले साइर क्राइम, सार्वजिनक ठाउँमा कुटपिट र ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरीमा मुद्दा दर्ता गर्ने बताए ।

जे मन लाग्छ गर भनेपछि आक्रमणः आचार्य
घटनाको विषयमा आफूलाई शेरबहादुरले परिवारमा आँच आउने कुरा फैलाएपछि फोन गर्दा नउठाउने गरेकाले भौतिक आक्रमण गरेको आचार्यले बताइन् । उनले भनिन्ः  ‘मेरो व्यक्तिगत विषयमा टिकटिप्पणी गरेको बारे मैले थापालाई भेट्न बोलाएको थिएँ, आउनु भएन, तीन–चार दिनसम्म पनि सम्पर्कमा आउनुभएन र फोन गर्दा पनि जे मन लाग्छ त्यहीँ गर, भनेपछि आज गएर मलाई जे मन लाग्यो त्यहीँ गरेँ ।’ थापामाथि आक्रमण गर्नु भएको खबर छ नि भन्ने प्रश्नमा आचार्यले भनिन्, ‘किन नराम्रो खबर भन्नुन, गलत गर्नेलाई सबक मात्रै सिकाइएको हो । आवश्यक परे जे पनि गछौं ।’