logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • ट्रम्पलाई झट्का, सिनेटले पनि पारित गर्‍यो इरान युद्ध रोक्ने प्रस्ताव

    ट्रम्पलाई झट्का, सिनेटले पनि पारित गर्‍यो इरान युद्ध रोक्ने प्रस्ताव

    52
    SHARES
    ट्रम्पलाई झट्का, सिनेटले पनि पारित गर्‍यो इरान युद्ध रोक्ने प्रस्ताव

    काठमाण्डौ । अमेरिकाको माथिल्लो सदन सिनेटले पनि इरानविरुद्ध सैन्य आक्रमण रोक्ने प्रस्ताव पारित गरेको छ। यसको अर्थ अमेरिकी संसद्‌ले अब इरानविरुद्ध युद्ध रोक्न वा अघि बढाउनुअघि स्वीकृति लिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निर्देशन दिएको हो।



    यसलाई ट्रम्पका लागि ठुलो धक्काका रूपमा हेरिएको छ। किनकि सिनेटमा ट्रम्पकै दल रिपब्लिकन पार्टीको नियन्त्रण हुँदाहुँदै पनि युद्धसम्बन्धी प्रस्ताव अनुमोदन भएको हो। यस विषयमा सिनेटमा मंगलबार भएको मतदानमा केही रिपब्लिकन सांसद नै डेमोक्र्याटहरूका पक्षमा उभिएका हुन्।

    यो इरानविरुद्ध युद्ध गर्ने ट्रम्पको निर्णयप्रति डेमोक्र्याट र रिपब्लिकन दुवैमा रहेको आक्रोशको कारणले भएको मानिएको छ। प्रस्ताव ५०-४८ को मतले पारित भएको हो। यसअघि अमेरिकाको प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले पनि इरानविरुद्ध युद्ध रोक्ने प्रस्ताव २१५-२०८ मतले पारित गरेको थियो। जतिबेला चार जना रिपब्लिकन सांसदले पनि साथ दिएका थिए।

    यद्यपि यो प्रस्ताव मूलत: प्रतीकात्मक हो, किनभने कंग्रेस (संसद्) का दुवै सदनले पारित गरे पनि यो राष्ट्रपति ट्रम्पलाई विचारका लागि पठाइने छैन र कानुनी रूपमा बाध्यकारी हुनेछैन। यद्यपि मतदान महत्त्वपूर्ण छ, किनभने १९७३ को युद्ध शक्ति प्रस्ताव लागु भएयता अमेरिकी संसद्‌का दुवै सदनले राष्ट्रपतिलाई सैन्य कारबाही अन्त्य गर्न निर्देशन दिने प्रस्ताव पहिलोपटक पारित गरेका हुन्।

    यो पारित हुनु पनि महत्त्वपूर्ण मानिन्छ, किनभने यसले इरान युद्ध अन्त्य गर्न ह्वाइट हाउसमा दबाब बढाउँछ। यद्यपि ह्वाइट हाउसका एक अधिकारीले बीबीसीसँग भनेका छन्, ‘अप्रिल ७ मा युद्धविरामपछि अमेरिकी सेना फिर्ता गरिनुपर्ने गरी कुनै पनि सक्रिय सैन्य कारबाही छैन।’

    ती अधिकारीले दुई रिपब्लिकन सिनेटर मिच म्याककोनेल र डेभ म्याककोर्मिक मतदानको समयमा अनुपस्थित भएका कारण प्रस्ताव पारित भएको पनि बताएका छन्।

    उनका अनुसार चार रिपब्लिकन सिनेटर- रान्ड पल, लिसा मुर्कोव्स्की, सुसान कोलिन्स र बिल क्यासिडीले भने प्रस्तावका पक्षमा डेमोक्र्याटहरूसँगै मतदान गरे। यसविरुद्ध डेमोक्र्याटिक सिनेटर जोन फेटरम्यान एकजना मात्र उभिए। यो मतदानलाई नोभेम्बरमा हुने मध्यावधि चुनावअघि रिपब्लिकन पार्टी भित्र बढ्दो मतभेदको अर्को संकेतका रूपमा हेरिएको छ।


    अर्थ चाैतारी
  • बुधबार, १० असार २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट