logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • ११.८३ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

    ११.८३ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

    3.3K
    SHARES
    ११.८३ अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ अर्ब ८३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ। केन्द्रीय बैंकले ट्रेजरी बिल जारी गरी आन्तरिक ऋण उठाउन लागेको हो।



    यसका लागि आज चैत ७ गते राष्ट्र बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज सोमबार गर्ने भएको हो। यी ट्रेजरी बिल भोलि चैत ८ गते जारी गरिनेछ। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। राष्ट्र बैंकले ९१ दिनका लागि ५ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल आउँदो २०७९ असार ७ गते परिपक्व हुनेछ।

    त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि ४ अर्ब ३० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्दैछ। यो ट्रेजरी बिल २०७९ असोज ४ गते परिपक्व हुनेछ। यसैगरी राष्ट्र बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल भने २०७९ चैत ७ गते परिपक्व हुनेछन्।

    यी ट्रेजरी बिलको आज दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट