logo

२०८२ जेष्ठ ७ मंगलबार

logo
  • मंगलबार, ७ जेष्ठ २०८२
  • एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको तयारी पूरा

    एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको तयारी पूरा

    7.5K
    SHARES
    एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको तयारी पूरा

    काठमाडौँ । एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड–२०७७ को तयारी पूरा भएको छ। नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने स्पोर्ट्स अवार्डको तयारी पुरा भएको मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले जानकारी दिए। अवार्ड समारोह मंगलबार कमलादीस्थित प्रज्ञा भवनको हलमा हुनेछ। मञ्चले १८ औँ संस्करणको अवार्डलाई दशक अवार्डको रुपमा गर्न लागेको छ।



    पल्सर स्पोर्ट्स अवार्डको यो संस्करणमा नौ विधामा अवार्ड वितरण गरिनेछ। काभिड–१९ को महामारीका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान गर्ने जनाएको छ।

    यो पटक पिपुल्स च्वाइस अवार्डको मनोनयन मात्र सार्वजनिक गरिएको छ। यो संस्करणको पिपुल्स च्वाइस अवार्डका लागि फुटबलकी एन्जिला तुम्बापो सुब्बा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका कुशल भुर्तेल र टेबलटेनिसकी एलिना महर्जन मनोनयनमा परेका छन्। मनोनयनमा परेका खेलाडीलाई भोट गर्ने समय सोमबार राति १२ बजेदेखि सकिँदैछ।

    पल्सर स्पोर्ट्स अवार्डमा पिपल्स च्वाइससँगै पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफ–टाइम एचिभमेन्ट, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा मंगलबार नै गरिने छ। यस वर्ष पनि वर्षका पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन्। अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट
    © 2025 Arthachautari.com | All right reserved