logo

२०८२ चैत्र १, आइतबार

logo
  • २०८२ चैत्र १, आइतबार
  • प्रहरी नियमावली संशोधन, २० हजार नयाँ पदमा आन्तरीक बढुवा हुँदै

    प्रहरी नियमावली संशोधन, २० हजार नयाँ पदमा आन्तरीक बढुवा हुँदै

    25K
    SHARES
    प्रहरी नियमावली संशोधन, २० हजार नयाँ पदमा आन्तरीक बढुवा हुँदै

    काठमाडौं । आइतबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी नियमावली संशोधन गरेसँगै नयाँ पदमा बढुवाका लागि बाटो खुला भएको छ। केही समयअघि सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सईको पद नेपाल प्रहरीमा सिर्जना गरिएको थियो।



    उक्त पदमा कार्यसम्पादन मूल्यांकन अुनसार बढुवा गर्दा ५/६ महिनासम्म लाग्ने भएकाले ज्येष्ठताका आधारमा बढुवा गर्नुपर्ने र त्यसका लागि नियमावली संशोधन गर्नुपर्ने प्रस्ताव गरिएको थियो। एक पटकका लागि यस्तो प्रावधान राखेर बढुवा गर्नुपर्ने उक्त प्रस्ताव गृहबाट मन्त्रिपरिषद्‌मा पुगेको थियो। आइतबारको मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव पारित गरेसँगै नयाँ पदमा बढुवाका लागि बाटो खुलेको हो।

    अब ज्येष्ठताका आधारमा सईबाट वरिष्ठ सईमा (प्राविधिकसहित) १ हजार ४१८ जनाको बढुवा हुनेछ। त्यसैगरी, हवल्दारबाट ३ हजार ७४८ जना वरिष्ठ हवल्दार बन्नेछन्। जवानबाट १५ हजार २२५ जना सहायक हवल्दार बन्नेछन्।


    अर्थ चाैतारी
  • सोमबार, ७ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट