logo

२०८२ कात्तिक २२, शनिबार

logo
  • २०८२ कात्तिक २२, शनिबार
  • बाबा गोकर्णेश्वर यातायातका मजदुर तथा यात्रुलाई ॐ हस्पिटलमा विशेष छुट

    बाबा गोकर्णेश्वर यातायातका मजदुर तथा यात्रुलाई ॐ हस्पिटलमा विशेष छुट

    2.2K
    SHARES
    बाबा गोकर्णेश्वर यातायातका मजदुर तथा यात्रुलाई ॐ हस्पिटलमा विशेष छुट

    काठमाडौँ । काठमाडौंको चावहिलमा अवस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र गोकर्णेश्वर नगरपालिका, नारायणटार स्थित बाबा गोकर्णेश्वर यातायात अटो प्रालिबीच सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ। ॐ हस्पिटलमा मंगलवार आयोजित एक संक्षिप्त कार्यक्रममा अस्पताल संचालक समितिका अध्यक्ष डा। आनन्द प्रसाद श्रेष्ठले गोकर्णेश्वर यातायात अटो प्रालिका कोषाध्यक्ष पदमराज सुवेदीलाई सो सम्झौता पत्र हस्तान्तरण गरेका छन्।

    ॐ अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र बाबा गोकर्णेश्वर यातायात अटो प्रालिका कोषाध्यक्ष पदम राज सुवेदीले हस्ताक्षर गरेको सम्झौतापत्रमा बाबा गोकर्णेश्वर यातायातका यात्रु, मजदुर, कर्मचारी तथा परिवारजनले ॐ हस्पिटलमा उपलब्ध उपचार सेवाहरुमा विशेष छुट पाउने उल्लेख छ। निजी क्षेत्रबाट सञ्चालित ॐ हस्पिटलले विसं २०४६ सालदेखि निरन्तर रुपमा विशिष्टिकृत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ ।

    ३६ वटा विभिन्न विभागहरु मार्फत १०० जना विशेषज्ञ चिकित्सक, २५० जना भन्दा बढि नर्सिङ स्टाफ तथा प्राविधिक तथा प्रशासनिक जनशक्ति २२५ जना भन्दा बढी कर्मचारीहरु सहितको विश्वस्तरीय उपचार सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ। नेपालमा सन्तानविहीन दम्पतीहरुका लागि आईभीएफ सेवा (टेष्ट ट्युव बेबी) शुरु गर्ने पहिलो अस्पतालका रुपमा स्थापित यस अस्पतालबाट एक हजार भन्दा बढी दम्पतीहरुले वात्शल्य सुख प्राप्त गरिसकेका छन्।


    अर्थ चाैतारी
  • २०७८ चैत्र ८, मंगलबार
  • सम्बन्धित समाचार