logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • वैशाख ११ गते प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान

    वैशाख ११ गते प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान

    3K
    SHARES
    वैशाख ११ गते प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान

    काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २० औँ वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख ११ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा वीरगन्जको दियालो लर्डस प्लाजामा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।



    सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँको कुल ७.३६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा ७ प्रतिशतले हुन आउने ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३६८ प्रतिशतले हुन आउने ४० लाख ८४ हजार ११९ रुपैयाँबराबरको नगद लाभांश छन्।

    सभाले बोनस सेयर पारितपछि सोहीअनुसार अधिकृत, चुक्ता र जारी पुँजी कायम गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। लाभांश र सभा प्रयोजनका लागि कम्पनी यही चैत २४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ चैत २३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, १६ चैत्र २०७८
  • सम्बन्धित समाचार
    ताजा अपडेट