logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • रारा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

    रारा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

    4.3K
    SHARES
    रारा हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

    काठमाण्डौ । रारा हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ।



    कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। आईपीओ बिक्री प्रबन्धमा कम्पनीले मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरेको छ।

    काठमाण्डौको त्रिपुरेश्वरस्थित मेगा क्यापिटलको कार्यालयमा आज बुधबार आयोजित एक कार्यक्रममा आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको हो। सम्झौतापत्रमा रारा हाइड्रोपावरका तर्फबाट सञ्चालक शंकरलाल बैद्य तथा मेगा क्यपिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    कार्यक्रममा रारा हाइड्रोपावरका सञ्चालक मंगल विश्वकर्मा र मेगा क्यापिटलका प्रमुख लगानी अधिकृत शुलभ श्रेष्ठको पनि उपस्थिति थियो। सर्वसाधारणका लागि जारी हुने सेयर १२ करोड रुपैयाँ रकमबराबरको १२ लाख कित्ता सेयर सर्वसाधारणमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डसमक्ष आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिने योजना रहेको कम्पनीले जनाएको छ।


    अर्थ चाैतारी
  • विहिबार, २२ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट