logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकर संख्यामा पुनरावलोकन हुन्छ’

    नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकर संख्यामा पुनरावलोकन हुन्छ’

    6.9K
    SHARES
    नेप्सेका सीईओ कार्की भन्छन्–‘ब्रोकर संख्यामा पुनरावलोकन हुन्छ’

    काठमाण्डाै । नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले ब्रोकर संख्यामा पुनरावलोकन हुने बताएका छन्।



    नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा सीईओ कार्कीले ब्रोकर संख्यामा पुनरावलोकन हुने बताएका हुन्। ‘ब्रोकर संख्या थप्नुपर्ने विषयमा कुरा उठिरहेको छ’, उनले भने, ‘यस विषयमा नेप्सेले अध्ययन गरिरहेको छ। छिट्टै ब्रोकर संख्यामा पुनरावलोकन हुनेछ।’

    सीइओ कार्कीले साना कम्पनीहरुको सेयर कारोबारका लागि नेप्सेले एसएमई प्ल्याटर्फम बनाउने पनि जानकारी दिए। ‘एसएमई प्ल्याटर्फम बनाउन कार्यदल बनाएर छिटै अगाडि बढाउने तयारीमा छौँ’, उनले भने, ‘यसका लागि कानुनी र प्राविधिक रुपमा के–के गर्नुपर्छ अध्ययन गरिनेछ।’

    पछिल्लो समय पुँजीबजारमा युवापुस्ताको आकर्षण बढ्दो रहेको कार्कीले बताए। ‘अहिले अनलाइन कारोबार गर्ने कुल कारोबारीमध्ये ६४ प्रतिशत युवापुस्ता छन्’, उनले भने, ‘खुलेका डिम्याटमध्ये ५४ प्रतिशत हिस्सा युवाकै छ।’


    अर्थ चाैतारी
  • शनिबार, २४ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट