logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • पुँजीबजार विकासका लागि मैले मेरो कार्यकालका दिनहरु गनेर काम गरिरहेको छु: सेबोन अध्यक्ष

    पुँजीबजार विकासका लागि मैले मेरो कार्यकालका दिनहरु गनेर काम गरिरहेको छु: सेबोन अध्यक्ष

    4.9K
    SHARES
    पुँजीबजार विकासका लागि मैले मेरो कार्यकालका दिनहरु गनेर काम गरिरहेको छु: सेबोन अध्यक्ष

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले पुँजीबजार विकास र विस्तारका लागि आफूले आफ्नो कार्यकालका दिनहरु गनेर काम गरिरहेको बताएका छन्।



    नेपाल उद्योग वाणिज्य महासंघले आज राजधानीमा आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘म मेरो कार्यकालको दिन गनेर काम गरिरहेको छु’, उनले भने, ‘मलाई उपलब्ध त्यहीअनुसारको चाहिएको छ।’

    पुँजीबजारमा थुप्रै चुनौतीहरु रहेको उल्लेख गर्दै अध्यक्ष हमालले बजार विकास र सन्तुलनका लागि धेरै काम गर्न बाँकी रहेको बताए। ‘अहिले संस्थागत लगानीकर्ताको कमी छ, ल्याउने वातावरण बनाउनुपर्छ’, उनले भने, ‘नयाँ प्रडक्टहरु जस्तै इन्डेक्स फ्युचर, अप्सन मार्केट ल्याउनुपर्छ।’

    पुँजीबजारसम्बन्धी साक्षारताको कमीका कारण साना र सोझा लगानीकर्ताहरु फस्नुका साथै बजारमा तीव्र उतारचढाव भइरहेको हमालको भनाइ थियो। ‘हाल वित्तीय साक्षरता दर १८ प्रतिशतमात्र छ, जुन पर्याप्त छैन, यसलाई बढाउन जरुरी छ’, उनले भने। सामाजिक सञ्जालहरुमा बजारसम्बन्धी भ्रमहरु फैलाउने कामलाई नियन्त्रण गर्न आवश्यक रहेको पनि हमालले बताए। ‘यसका लागि ऐन परिमार्जन गर्न आवश्यक छ’, उनले भने।

    हमालले घट्दो विदेशी मुद्रा सञ्चितीमा सुधार ल्याउन विदेशमा रहेका नेपालीलाई आईपीओ आरक्षण दिने तयारी भइरहेको भइरहेको बताए। ‘सरकारबाट श्रम स्वीकृति लिएर विदेश गएका नेपाली श्रमिकलाई आईपीओमा आरक्षण दिने काम अबको दुई महिनाभित्र कार्यान्वयनमा आउनेछ’, उनले भने, ‘यसका लागि नियमावलीमा संशोधन गरेर मन्त्रिपरिषद्बाट अनुमोदन गरी लागू गरिनेछ।’


    अर्थ चाैतारी
  • शनिबार, २४ बैशाख २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट