logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

    प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

    8.4K
    SHARES
    प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का

    काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मर्जर प्रयोजनका लागि प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा सेयर कारोबार रोक्का गरेको छ।



    मर्जर सम्झौतापछि यी तीनै कम्पनीले नेप्सेलाई आफ्नो कम्पनीको सेयर कारोबार रोक्का गर्न आग्रह गरेका थिए। सोही आग्रहबमोजिम नेप्सेको जेठ ३ गतेको निर्णयबमोजिम यी तीनै कम्पनीको सेयर कारोबार रोक्का गरेको छ। यी तीन कम्पनीबीच गत वैशाख २९ गते आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको थियो।

    बीमा समितिले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। समितिले बीमा कम्पनीहरुलाई २०७९ चैत मसान्तभित्र तोकिएको चुक्तापुँजी पुर्याउन समयसीमा दिएको छ।

    सोही पुँजीवृद्धिको योजनाअन्तर्गत युनियन, गुराँस र प्राइम लाइफ इन्स्योरेन्स आपसमा मर्ज हुन लागेका हुन्।


    अर्थ चाैतारी
  • बुधबार, ४ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट