काठमाण्डौ । शेयर बजार बिहीबार पनि सामान्य अंकले उकालो लागेको छ। आज बजार ८.०३ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २२३९.६० को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १.३९ अंकले बढेर ४३६.४७ को विन्दुमा पुगेको छ। कारोबार रकम भने घटेर १ अर्ब रुपैयाँमुनि झरेको छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ८ वटामा हरियाली छाएको छ भने ५ वटामा रातो पोतिएको छ। यो दिन बैंकिङ समूह सर्वाधिक ०.८९ प्रतिशतले उकालो लागेको छ। म्युचुअल फन्ड समूह ०.८५ प्रतिशतले बढ्दा व्यापार समूहमा ०.३९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.०८ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.५१ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, जीवन बीमा समूहमा ०.८३ प्रतिशत र लगानी समूहमा ०.१८ प्रतिशतको बढोत्तरी भएको छ।
यो दिन अन्य समूह सर्वाधिक ०.८६ प्रतिशतले ओरालो लागेको छ। होटेल तथा पर्यटन समूह ०.७४ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.१९ प्रतिशत, जलविद्युत समूहमा ०.१७ प्रतिशत र वित्त समूहमा ०.२२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २२२ कम्पनीका २३ लाख २४ हजार ६६५ कित्ता सेयर ८८ करोड ९८ लाख ३४ हजार ९०९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन मेगा बैंकको सर्वाधिक ५ करोड ४२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण काबेली पावरको ४ करोड ४ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ३ करोड ५७ लाख रुपैयाँ, अप्पर तामाकोशीको २ कोड ८३ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको २ करोड २९ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड १ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १ करोड ९९ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको १ करोड ७२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १ करोड ७१ लाख रुपैयाँ र नेपाल टेलिकमको १ करोड ६२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज मेगा बैंकका सेयरधनीहरुले धेरै कमाए। यो बैंकको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। यो दिन गुराँस लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ चाैतारी ।