logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बजार अप्ठ्यारोमा पर्न लागेको ३ महिनाअघि नै थाहा थियो: अध्यक्ष हमाल

    बजार अप्ठ्यारोमा पर्न लागेको ३ महिनाअघि नै थाहा थियो: अध्यक्ष हमाल

    3.6K
    SHARES
    बजार अप्ठ्यारोमा पर्न लागेको ३ महिनाअघि नै थाहा थियो: अध्यक्ष हमाल

    काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले बजार अप्ठेरोमा पर्न लागेको आफूहरुलाई पहिल्यै जानकारी रहेको बताएका छन्।



    सेबोन कार्यालयमा आज पुँजीबजार सुधार र विकासका लागि गठित संघर्ष समितिबाट ज्ञापनपत्र बुझ्दै अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। ‘हामीलाई ३ महिना अगाडि नै बजार अप्ठ्यारोमा पर्दैछ भन्ने थाहा थियो’, उनले भने, ‘त्यही भएर सोहीअनुरुप सहकार्य गरेर काम गरिरहेका छौँ।’

    अध्यक्ष हमालले बजारको अभिभावकको भूमिका आफूहरुले निर्वाह गरिरहेको बताए। ‘हामी पुँजीबजार सुधारका लागि गम्भीरताका साथ लागिरहेका छौँ’, उनले भने, ‘बजार सुधारका लागि विभिन्न काम गरिरहेका छौँ।’ बजारको सन्तुलन र विकासका लागि सरकारसँग अन्य नियामक निकायहरु राष्ट्र बैंक, बीमा समितिसँग सहकार्य र छलफल गरिरहेको हमालले बताए। ‘केही गर्नैपर्ने कामहरु हामीले तीव्रगतिमा अगाडि बढाएका छौँ।’


    अर्थ चाैतारी
  • सोमबार, २३ जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट