काठमाण्डौ । सेयर बजार सोमबार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १५.८२ अंकले ओरालो लागेको हो।
योसँगै नेप्से परिसूचक २०३२.३४ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.३ अंकले घटेर ३८९.९५ को विन्दुमा ओर्लेको छ। कारोबार रकम ९९ करोड रुपैयाँ बढीको भएको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ।
यो दिन जीवन बीमा समूह सर्वाधिक १.४४ प्रतिशतले ओरालो लागेको छ। लगानी समूह १.३८ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.८ प्रतिशत, व्यापार समूहमा ०.९२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.३४ प्रतिशत, विकास बैंक समूहमा ०.४७ प्रतिशत, जलविद्युत समूहमा ०.२२ प्रतिशत, वित्त समूहमा १.१४ प्रतिशत, निर्जीवन बीमा समूहमा १.२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.०५ प्रतिशत, अन्य समूहमा ०.१ प्रतिशत, लघुवित्त समूहमा ०.६४ प्रतिशत र म्युचुअल फन्ड समूहमा ०.६२ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २३० कम्पनीका २९ लाख २० हजार ७०५ कित्ता सेयर ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा किनबेच भएका छन्। आज सानिमा बैंकको सर्वाधिक ९ करोड १ लाख रुपैयाँ बढीको कारोबार भएको छ। उपकार लघुवित्तको ५ करोड ६३ लाख रुपैयाँबराबरको कारोबार भएको आज सिभिल बैंकको ५ करोड ३७ लाख रुपैयाँ, बैंक अफ काठमाण्डूको ४ करोड ६९ लाख रुपैयाँ, सेन्चुरी कमर्सियल बैंकको २ करोड ८३ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको २ करोड ७३ लाख रुपैयाँ, बोटलर्स नेपाल (तराई)को २ करोड ४८ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ४५ लाख रुपैयाँ, नबिल बैंकको २ करोड ३५ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको २ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। ग्रीन भेन्चर्स र युनिलिभर नेपालको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन मानुषी लघुवित्त, ओरियन्टल होटेल र बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीहरुले धेरै गुमाए। यी तीनै कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ चाैतारी ।