logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अहिलेसम्म दोर्दी खोला जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

    अहिलेसम्म दोर्दी खोला जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

    2.3K
    SHARES
    अहिलेसम्म दोर्दी खोला जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

    काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको आईपीओ आज जेठ ३० गतेसम्म झन्डै साढे ६ गुणाले ओभरसब्सक्राइब्ड भएको छ।



    कम्पनीले गत जेठ २६ गतेदेखि १०० अंकित दरले कुल २१ लाख ९५ हजार ५०९ कित्ता (आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्तासहित) आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको छ। कुल कित्तामध्ये १ लाख ९ हजार ७७५ कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोष र ६५ हजार ८६५ कित्ता (३ प्रतिशत) कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख १९ हजार ८६९ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सीडीएससीका अनुसार साँझ साढे ५ बजेसम्म यो आईपीओमा ११ लाख १४ हजार ८०६ अवेदकबाट कुल १ करोड २९ लाख ३२ हजार ६७० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा ६.४० गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट यो आईपीओमा २ लाख १ हजार ९८६ आवेदकले १० कित्ताका दरले सेयर पाउने छन्। तिनैमध्ये भाग्य ९ आवेदकले थप १–१ कित्ता सेयर पाउनेछन्।

    लगानीकर्ताले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १७ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो सेयरमार्फत पनि आवेदन दिन सकिन्छ।
    यो आईपीओमा भोलि जेठ ३१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ। यो आईपीओको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। यो आईपीओलाई नेपाल धितोपत्र बोर्डले गत चैत २८ गते निष्कासन अनुमति दिएको थियो।


    अर्थ चाैतारी
  • सोमबार, ३० जेष्ठ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट