logo

२०८३ असार १८, विहिबार

logo
  • २०८३ असार १८, विहिबार
  • सेञ्चुरी बैंकको क्रेडिट कार्ड हुनेले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

    सेञ्चुरी बैंकको क्रेडिट कार्ड हुनेले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

    1.9K
    SHARES
    सेञ्चुरी बैंकको क्रेडिट कार्ड हुनेले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

    काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका भिसा डेविट र क्रेडिट कार्डबाहकले क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन् । बैंक र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धि सम्झौता भएको छ ।



    बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोका क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौतापछि सेञ्चुरी बैंकका डेबिट कार्ड लगायत क्रेडिट कार्डवाहकहरुले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधिनमा रहि क्यूआर स्क्यानमार्फत् भुक्तानी गर्न मिल्ने हुदाँ ग्राहकलाई थप सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

    मोको डिजिटल वालेटमा कार्डहरु लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन । क्रेडिट कार्डवाहकहरुले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ शुरुवात हुने बैंकले जनाएको छ ।

    उक्त सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे । सेञ्चुरी बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, २८ असार २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट