logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक ‘दि पोइट आइडल’ हुने

    नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक ‘दि पोइट आइडल’ हुने

    2.9K
    SHARES
    नेपाली टेलिभिजनको इतिहासमै पहिलो पटक ‘दि पोइट आइडल’ हुने

    काठमाण्डौ । नेपाली भाषाका कविहरुको प्रतिभालाई संसारसामु प्रस्तुत गर्ने उद्देश्यका साथ टेलिभिजन रियालिटी शो  ‘दि पोइट आइडल’ (The Poet Idol) को घोषणा भएको छ ।



    गीत, संगीत एवं नृत्य या अन्य विशेष प्रतिभालाई जनसमक्ष ल्याउन थुप्रै कार्यक्रम हुने गरेका छन् । तर, मूलतः कवि प्रतिभालाई लक्षित गरेर पहिलो पटक यो कार्यक्रम ल्याउन लागिएको हो । टेलिभिजन कार्यक्रममा लामो समयको अनुभव बटुलेका निर्देशक अमन प्रताप अधिकारीको निर्देशनमा ‘दि पोइट आइडल’ बन्न लागेको हो ।

    ‘गामबेसीका कवि’ क्षेत्र प्रताप अधिकारीको स्मृतिमा बन्न लागेको यस कार्यक्रमले देशका कुना कन्दरामा रहेका कविहरुलाई मञ्च दिने छ।

    कार्यक्रम ‘दि पोइट आइडल’ मा भाग लिन इच्छुकले कार्यक्रमको इमेल, स्वादस्याप, भाइवर, फेसबुक जस्ता डिजिटल प्लेटफर्म मार्फत आफ्ना कविता आफैले वाचन गरेको २ मिनेटसम्म लामो भिडियो पठाएर डिजिटल अडिशन दिन सक्नेछन् । यो कार्यक्रम, रियालीटी टिभी कार्यक्रमको विश्वव्यापी प्रारूप अनुरूपक हुनेछ । कार्यक्रममा सहभागी बीच प्रतिस्पर्धा हुनेछ । प्रस्तुति जाँच्ने निर्णायक हुनेछन् र दर्शकहरुले पनि आफूलाई मन परेका प्रतिष्पर्धी कवि, कवयित्रीलाई भोट हाल्नेछन् । यसैको आधारमा हरेक हप्ता एक-एक गर्दै प्रतिस्पर्धी बाहिरिने छन् र अन्तिममा एकजना प्रतिभा ‘दि पोइट आइडल’ बन्नेछ ।

    किताबमा कविता पढ्ने, सामान्य कविता प्रतियोगिता वा कवि सम्मेलनमार्फत कविता सुन्ने चलन नेपालमा भएकोमा अब नेपाली पाठक दर्शकसामु थप नौलो विधा, कविता हेर्ने र प्रस्तुत कसरी गर्ने भन्ने भावलाई पनि यो कार्यक्रमले पस्कने छ । कार्यक्रममा आफ्नै हावापानी, आपले माटो सुहाउदो, पारम्परिक सांस्कृतिक धरोहरलाई मौलिक तरीकाले पेश गरिने र विशुद्ध नेपालीपनलाई आत्मसातगरी निर्माण गरिने छ । चर्चित कविद्वय विप्लव प्रतिक र उपेन्द्र सुब्बाका साथमा निर्देशक तथा रंगकर्मी अनुप बराल र प्रतिभाशाली नायिका सुरक्षा पन्त ‘दि पोइट आइडल’ को निर्णायक मण्डलमा रहनेछन् ।

    कार्यक्रम संचालकका रूपमा भने ख्याति प्राप्त नायक दिव्य देवलाई देखिने छ । युवायुवती माझ सुप्रसिद्ध कथावाचक साइग्रेस लाई समेत कार्यक्रममा देखिने छ ।

    भदौ २६ गते आइतबार देखि ‘दि पोइट आइडल’ मा भागलिन इच्छुक कवि, कवयित्रीले कार्यक्रमको विभिन्न सामाजिक संजालका ठेगानामा आफ्ना रचना वाचन गरेको भिडियो पठाएर कार्यक्रमको छनोट चरणमा भाग लिन सक्ने छन् । कार्यक्रममा विश्वका जुनसुकै स्थानमा रहेका नेपाली भाषी कविले भाग लिन पाउने छन् ।


    अर्थ चाैतारी
  • आइतबार, २६ भदाै २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट