logo

२०८३ असार १०, बुधबार

logo
  • २०८३ असार १०, बुधबार
  • शनिबारदेखि चितवनमा पनि पठाओको सेवा

    शनिबारदेखि चितवनमा पनि पठाओको सेवा

    1.7K
    SHARES
    शनिबारदेखि चितवनमा पनि पठाओको सेवा

    काठमाण्डौ । चितवनमा पठाओको राइड सेयरिङ सेवा शनिबारदेखि सुरु हुने भएको छ । यसअगाडि राजधानीबाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले बिहीबार मिति घोषणा गरेको हो ।



    चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको कम्पनीले जनाएको छ ।

    ‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्’, कम्पनीले भनेको छ, ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

    चितवनमा पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् ।


    अर्थ चाैतारी
  • शनिबार, ८ असोज २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट