logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • श्री इन्भेस्टमेन्टको एजीएमबाट ७.६० प्रतिशत लाभांश पारित

    श्री इन्भेस्टमेन्टको एजीएमबाट ७.६० प्रतिशत लाभांश पारित

    1.1K
    SHARES
    श्री इन्भेस्टमेन्टको एजीएमबाट ७.६० प्रतिशत लाभांश पारित

    काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको २८ औँ वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित लाभांश पारित भएको छ।



     

    काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्र्ट कार्यालयमा आयोजित सभाले लाभांश पारित गरेको हो। कम्पनीको चुक्तापुँजीको ७.६० प्रतिशत लाभांश वितरण (बोनस सेयर २.४० प्रतिशत तथा नगद लाभाँश ५.२० प्रतिशत) सम्बन्धी प्रस्तावलाई अनुमोदन भएको छ।

     

    बोनस सेयर वितरणपश्चात कम्पनीको जारी तथा चुक्तापुँजी रु. ९८ करोड १६ लाख ८३ हजार २ सय पुग्नेछ । यसका साथै कम्पनीको सेयर संरचना हाल कायम रहेको संस्थापकतर्फको ५३.३२ प्रतिशत र सर्वसाधारणतर्फको ४६.६८ प्रतिशतलाई क्रमशः ५१ प्रतिशत र ४९ प्रतिशत कायम गर्ने प्रस्ताव पनि पारित भएको छ। सभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गरेको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २९ पुस २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट