logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा सपथ ग्रहण

    पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा सपथ ग्रहण

    793
    SHARES
    पोखरा फाइनान्सका अध्यक्ष गुरुङद्वारा सपथ ग्रहण

    काठमाण्डाै । पोखरा फाइनान्स लिमिटेडका नवनियुक्त डा. दीर्घमान गुरुङले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्।



     

    अध्यक्ष गुरुङले नेपाल राष्ट्र बैंकको गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक डा. राम शरण खरेलबाट सपथ ग्रहण गरेका हुन्। कम्पनी सञ्चालक समितिको बैठकबाट संस्थाको अध्यक्षमा गुरुङ नियुक्त भएका थिए। सपथ ग्रहण कार्यक्रमको प्रारम्भमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङले वित्तीय संस्था तथा नवनियुक्त अध्यक्षका बारेमा संक्षिप्त जानकारी गराएका थिए।

     

     

    कार्यक्रममा निर्देशक खरेलले नवनियुक्त अध्यक्षलाई बधाइ तथा शुभकामना प्रदान गर्दै राष्ट्र बैंकको निर्देशिकाको पालना तथा संस्थागत सुशासनका बारेमा प्रकाश पारेका थिए। गुरुङले पोखरा फाइनान्सको अध्यक्ष पदमा नियुक्त भएकोमा खुसी व्यक्त गर्दै राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिका लागि हरदम प्रयत्नशील रहने प्रतिबद्धतासमेत व्यक्त गरे।


    अर्थ चाैतारी
  • बुधबार, ४ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट