logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ६ महिनामा १४ लाख ३३ हजारकाे गुलाबको फूल आयात

    ६ महिनामा १४ लाख ३३ हजारकाे गुलाबको फूल आयात

    832
    SHARES
    ६ महिनामा १४ लाख ३३ हजारकाे गुलाबको फूल आयात

    काठमाण्डौ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा नेपालमा १४ लाख ३३ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्मको अवधिमा उक्त मूल्य बराबरको गुलाबको फूल आयात भएको हो । यस अवधिमा नेपालमा १० हजार ८ सय वटाभन्दा बढी गुलाबको फूल आयात भएको छ ।



     

    यसबापत राज्यले १ लाख ४० हजार भन्सार राजश्व संकलन गरेको छ । यस्तै, गत आर्थिक वर्षको यही अवधिमा जम्मा १ लाख ५८ हजार रुपैयाँ बराबरको गुलाबको फूल आयात भएको थियो । यसअनुसार, गत वर्षको तुलनामा चालू वर्षको ६ महिनामा गुलाबको फूलको आयात बढेको देखिन्छ । भ्यालेन्टाइन सप्ताह नजिकिएसँगै गुलाबको फूलको आयात बढ्ने देखिन्छ । पुस महिनासम्मको अवधिमा साढे १४ लाख रुपैयाँ बराबरको गुलाबको फूल आयात भएपनि माघ महिनासम्म यो आयात झनै बढ्ने देखिन्छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ माघ २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट