logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अर्थ मन्त्रालयकाे सह सचिवमा भुपाल बराल, उत्तर खत्री र बाबुराम सुवेदीको सरुवा

    अर्थ मन्त्रालयकाे सह सचिवमा भुपाल बराल, उत्तर खत्री र बाबुराम सुवेदीको सरुवा

    806
    SHARES
    अर्थ मन्त्रालयकाे सह सचिवमा भुपाल बराल, उत्तर खत्री र बाबुराम सुवेदीको सरुवा

    काठमाण्डौ । नव नियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्रालयमा आफ्नो नयाँ टिम तयार पार्न सुरु गरेका छन् । अर्थमन्त्री महतले पुराना र कांग्रेस निकट कर्मचारीहरूलाई अर्थमन्त्रालयमा भित्राउन सुरु गरेका छन् । त्यस्तै, अर्थमा रहेका सुमन दाहाललाई श्रम मन्त्रालयतिर लखेटिएका छन् ।



     

    अर्थमन्त्रीको टिममा रहेर काम गर्ने भाग्यमानी सह सचिवका रुपमा भुपाल बराल, उत्तर कुमार खत्री र बाबुराम सुवेदीको सरुवा गरिएको छ । दुवै कांग्रेस समर्थित कर्मचारीहरू हुन् ।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका भुपाल बराल र श्रम तथा रोजगार मन्त्रालयका रहेका उत्तरबहादुर खत्रीलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै, अर्थका सुमन दाहाललाई श्रम मन्त्रालयमा पठाइएको छ । अर्थका अर्का सहसचिव झक्क प्रसाद आचार्यलाई सरुवा गरेर अन्यत्र पठाइएको छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २४ चैत्र २०७९
  • सम्बन्धित समाचार
    ताजा अपडेट