logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सकाे साधारण सभा आह्वान

    मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सकाे साधारण सभा आह्वान

    1.5K
    SHARES
    मर्जर प्रस्तावसहित बेष्ट फाइनान्सकाे साधारण सभा आह्वान

    काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले २६औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्सको सञ्चालक समितीको बैशाख ४ गते बसेको बैठकले बैशाख २९ गते प्रज्ञा प्रतिष्ठान काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको हो ।



     

    फाइनान्सको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब र आर्थिक वर्ष २०७९÷८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

     

    साथै, कम्पनीको सभाले भविष्यमा कुनै बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने गाभिने ( एण्ड एक्विजिशन) सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तिायरी प्रदान गर्नेछ । फाइनान्सको साधारणसभा प्रयोजनार्थ बैशाख १२ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले बैशाख ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।


    अर्थ चाैतारी
  • मंगलबार, ५ बैशाख २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट