logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, कित्ता कति ?

    कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, कित्ता कति ?

    598
    SHARES
    कुथेली बुखरी स्मल हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति, कित्ता कति ?

    काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कुथेली बुखरी स्मल हाइड्रोपावरलाई आईपीओ जारी गर्ने अनुमति दिएको हो।



     

    सेबोनले यो कम्पनीलाई २ करोड ४३ लाख ६७ हजार ५०० रुपैयाँबराबरको आईपीओ जारी गर्न अनुमति दिएको छ। जुन कम्पनीको चुक्तापुँजीको २० प्रतिशतबराबर हुन आउँछन्। कम्पनीले अब १०० अंकित दरका कुल २ लाख ४३ हजार ६७५ कित्ता आईपीओ बिक्री खुलाउनेछ। कम्पनीले स्थानीय र सर्वसाधारणलाई आईपीओ बिक्री गर्नेछ।

     

    आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँ पुग्नेछ। कम्पनीको संस्थापक समूहको ८० प्रतिशत अर्थात ९ करोड ७५ लाख रुपैयाँबराबरको सेयर स्वामित्व रहेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।


    अर्थ चाैतारी
  • बुधबार, ३ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट