logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • चार विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

    चार विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

    832
    SHARES
    चार विकास बैंक र एक फाइनान्स कम्पनी राष्ट्र बैंकको कारबाहीमा

    काठमाण्डाै । नेपाल राष्ट्र बैंकले चार वटा बिका बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंकअन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद कारबाही गरिएको छ ।



     

    केन्द्रीय बैंकले नियम विपरीत काम गरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टिपर्पस फाइनान्सलाई कम्पनीलाई कारबाहीस्वरुप नगद जरिवाना गरेको हो । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पाँचौँ पटक र सालपा विकास बैंकलाई प्रथम पटक कारबाही गरिएको छ ।

     

    यस्तै, अनिवार्य नगद मौज्दात अनुपात (सीआरआर) कायम नगरेको भन्दै नारायणी डेभपलपेन्ट बैंकलाई पहिलो, दोस्रो र तेस्रो पटक कारबाही गरिएको छ । राष्ट्र बैंकका अनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई रु एक लाख ९६ हजार २६५.३०, सालपा विकास बैंकलाई रु एक लाख १० हजार ६६२.२६, नारायणी डेभलपमेन्ट बैंकलाई रु दुई लाख ५१ हजार ३२४.७३ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई रु १९ लाख ३६ हजार ६३५.५७ नगद जरिवाना गरेको हो ।

    यस्तै, नारायणी डेभलपमेन्ट बैंकलाई पहिलो पटक रु तीन हजार ९४८.५३, दोस्रो पटक रु ६३ हजार ७८२.७८ र तेस्रो पटक रु एक एक लाख आठ हजार ७७०.२१ जरिवाना गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तैगरी चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा मल्टिपर्पस फाइनान्सलाई अनिवार्य नगद मौज्दात अनुपात नपु¥याएको भन्दै रु दुई हजार ७०१.०३ जरिवाना गरिएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, ८ जेष्ठ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट