logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन

    समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन

    741
    SHARES
    समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन

    काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दसौँ शाखाका रुपमा महोत्तरीको औरहीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले बुधबार संयुक्त रुपमा औरही शाखाको उद्घाटन गरेका हुन्।



    उद्घाटन कार्यक्रममा संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद दुवाडीले संस्थाको परिचयका साथै सस्थाले उपलब्ध गराउने सेवासुविधाका बारे प्रकाश पारेका थिए। औरही नगरपालिका–१ का वडाध्यक्ष योगी चौधरी, औरही उद्योग वाणिज्य संघका प्रमूख श्रवण चौधरी र औरही नगरपालिकाको मेयर प्रदीपकुमार खडकालगायतले बैकको आवश्यकता र महत्वको विषयमा आफ्नो धारण राख्दै संस्थाको प्रगतिको शुभकामना दिए।

    नयाँ शाखासहित देशभरि फाइनान्सको शाखा सञ्जाल १० वटा पुगेको छ । संस्थाले यसै हप्ता थप २ नयाँ शाखाहरु उद्घाटन गर्ने योजना रहेको जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ६ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट