logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कपिलवस्तुको खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा विस्तार

    कपिलवस्तुको खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा विस्तार

    780
    SHARES
    कपिलवस्तुको खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा विस्तार

    काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा शाखा विस्तार गरेको छ। खरेन्द्रपुर शाखा कम्पनीको १३ औँ शाखा हो। यो शाखाको सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका सञ्चालक विनोदकुमार सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।



     

    कार्यक्रममा मेयर अजय थापाले यस भेगमा बैंकको आत्यधिक आवश्यकता रहेको र रकम जम्मा तथा बैंकिङ कारोबार गर्न यहाँका स्थानीय बासिन्दा धेरै अप्ठ्यारो परिरहेको परिस्थितिमा समृद्धि फाइनान्सको शाखा विस्तारले गाउँमै सेवा लिन उपयुक्त अवसर मिलेको बताए।

    कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत गोकर्ण प्रसाद दुवाडीले कम्पनीको परिचयका साथै उपलब्ध गराउने सेवासुविधाका बारे प्रकाश पारेका थिए। अर्को वर्ष थप शाखाहरु पनि विस्तार गर्ने कम्पनीले जनाएको छ। कम्पनीले आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, एसएमएस अलर्ट, क्लियरिङलगायतका सेवाहरु सञ्चालन गर्दै आएको छ।


    अर्थ चाैतारी
  • सोमबार, ११ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट