logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • असार २६ गतेदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    असार २६ गतेदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    962
    SHARES
    असार २६ गतेदेखि कुथेली बुखरी स्मल हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने

    काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताको लागि असार २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।



    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेर आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि असार २६ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो।

    कम्पनीले जारी पूँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशत अर्थात १ करोड २१ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो ।

    त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १२ लाख १८ हजार ६०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका १२ हजार १८६ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि बिक्री गरिसकिएको हो।

    ५ प्रतिशत अर्थात ६ हजार ९३ कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ र २ प्रतिशत अर्थात २ हजार ४३७ कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १ लाख १ जार १५१ कित्ता सेयरका लागि आईपीओ निष्काशन हुन लागेको हो।


    अर्थ चाैतारी
  • विहिबार, १४ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट