logo

२०८३ बैशाख १५, मंगलबार

logo
  • २०८३ बैशाख १५, मंगलबार
  • विवादास्पद घोराही सिमेन्टको आईपीओ पुनः खुला, फिर्ता लिन भने बैंकमै पुग्नुपर्ने

    विवादास्पद घोराही सिमेन्टको आईपीओ पुनः खुला, फिर्ता लिन भने बैंकमै पुग्नुपर्ने

    702
    SHARES
    विवादास्पद घोराही सिमेन्टको आईपीओ पुनः खुला, फिर्ता लिन भने बैंकमै पुग्नुपर्ने

    काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ जारी गरेर सर्वाधिक विवादमा तानिएको घोराही सिमेन्टको आईपीओमा पुनः आवेदन खुलेको छ । फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डको निर्देशनमा घोराहीको आईपीओ निष्काशन असार ४ गतेबाट स्थगित गरिएको थियो ।



     

    बोर्डले आवश्यक छानविन गरि असार २० गते आइतबारका दिन सर्तसहित पुनः आईपीओ निष्काशन गर्न दिने निर्णय गरेको थियो । बोर्डको निर्णयपछि कम्पनीले असार २२ गतेदेखि पुनः आईपीओ निष्काशन खुला गरेको हो । यस अघि आवेदन दिनेहरुले आफ्नो आवेदन रद्ध गर्न वा संसोधन गर्न सक्नेछन् । आवेदन दिएकाहरुले आवेदन रद्ध वा संसोधन गर्न चाहेमा सेयर भरेको बैंकको शाखा पुगेर निवेदन दिनुपर्नेछ ।

     

    धितोपत्र बोर्डले आईपीओको पुनः बिक्रि अवधी अधिकतम तीन दिन हुने भनेको थियो । घोराहीको आईपीओमा असार २४ गते आइतबारसम्म आवेदन दिन सकिन्छ । ढिलोमा भने असार ३१ गतेसम्म आवेदन दिन सकिने बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङले जारी गरेको सूचनामा उल्लेख छ ।

     

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ करोड ११ लाख ६७ हजार रुपैयाँ बराबरको ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओले केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ असार २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट